देउवा संग बिच्किएको शेखर समूहले १४ गते देखाईदिने

  • प्रकाशित मिति : २०७८ चैत्र ११, शुक्रबार
  • chhanbin.com

नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षधरले १४ चैतमा अलग भेलाको आह्वान गरेका छन्।

गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ र तरुण दलको अध्यक्षको मनोनयनप्रति असन्तुष्ट शेखर कोइराला पक्षधरको बैठकले सो निर्णय लिएको हो।

‘सभापतिज्यूले एकलौटी रूपमा नेविसंघ र तरुण दलको सभापति मनोनीत गरेको विषयप्रति हाम्रो गम्भीर आपत्ति छ,’ नेविसंघका पूर्वसभापति रञ्जित कर्णले भने, ‘त्यसको प्रतिवाद गर्नका लागि १४ चैतमा काठमाडौंमा अलग भेला राखेका छौं।’