निर्वाचनको घोषणापत्र तयार पार्न एमालेले बनाएको कार्यदलमा को-को अटाए ?

  • प्रकाशित मिति : २०७८ चैत्र १०, बिहीबार
  • chhanbin.com

नेकपा (एमाले) ले स्थानीय निर्वाचनको घोषणापत्र तयार पार्न कार्यदल गठन गरेकाे छ। बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल गठन गरेकाे हो।

कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिपव प्रदीप ज्ञवाली र विष्णु रिमाल, पोलिटब्यूरो सदस्य देवेन्द्र दाहाल, प्रभु साह, मनोजजंग थापा, पूर्वअर्थमन्त्री युजराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा र सुशील ज्ञवाली छन्

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार कार्यदलले चैत मसान्तभित्र घोषणापत्रको मस्यौदा केन्द्रीय सचिवालय समक्ष बुझाउने छ। साथै साे घोषणापत्र वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा सार्वजनिक गर्ने कार्यतालिका ताेकिएकाे छ।