विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन्।
आज दिउँसो दिउँसो १ बजे विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा पत्रकार सम्मेलन गरिने प्राधिकरणले जनाएको छ।
भारतबाट बिजुली किन्नका लागि नेपालले प्रतिस्पर्धा गर्न नसक्दा मंगलबार रातिदेखि उद्योगहरूमा लोडसेडिङ भइरहेको छ। यहीबीच घिसिङले पत्रकारसम्मेलनको आयोजना गरेका हुन्।
बुधबार भारतबाट करिब १ घण्टा मात्रै बिजुली आएकोमा आज पनि उद्योगलाई ३ घण्टा मात्रै विद्युत आपूर्ति हुने प्राधिकरणले जनाएको छ।