बबरमहलमा एमाले केन्द्रीय कमिटीले यसरी चलायो चुनावी मदानी, के-के मा हुँदैछ मन्थन ?

  • प्रकाशित मिति : २०७८ चैत्र ९, बुधबार
  • chhanbin.com

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बुधबारदेखि बबरमहलस्थित कार्की बैक्वेटमा सुरु भएको छ।

बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको रणनीति बनाउने भएको छ। दशौँ महाधिवेशनपछि बसेको तेस्रो केन्द्रीय कमिटी बैठकमा छलफलका लागि ११ वटा कार्यसूची तय गरिएको छ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अहिले बैठकमा प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गरिरहेका छन्। बैठकमा अध्यक्ष र महासचिवको प्रतिवेदनमाथि पनि छलफल हुने भएको छ। रिजालका अनुसार बैठकले छलफल र निर्णयका लागि ११ वटा कार्यसूची पारित गरेको छ।

बैठकका कार्यसूची
१ . रिपोर्टिङ
२ . राजनीतिक प्रतिवेदन
३ . विभागहरूको गठन
४ . स्थानीय निर्वाचनको मापदण्ड र सिफारिश प्रक्रिया
५ . घोषणापत्र तयारी
६ . पार्टीको वार्षिक क्यालेन्डरको तयारी
७ . पार्टी स्थापना दिवस
८ . निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका
९ . सचिवालयको बैठकका निर्णयहरूको अनुमोदन
१० . लेखा तथा आर्थिक व्यवस्थापन विनियम
११ . विविध