एसिया कप फुटसल छनोट खेल्ने नेपाली टिममा को-को परे ?

  • प्रकाशित मिति : २०७८ चैत्र ७, सोमबार
  • chhanbin.com

एएफसी फुटसल एसियन कप छनोटका लागि नेपालका मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार १४ सदस्सीय टोलीको घोषणा गरेका छन् ।

अप्रिल १ देखि १५ सम्म किर्गिस्तानमा हुने छनोटका लागि टोली बन्द प्रशिक्षणमा छ । नेपालले प्रतियोगिताको समूह ‘बी’मा उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोली :

गोलकिपरः अनिश श्रेष्ठ, विश्वास पौडेल

फिक्सोः विजय श्रेष्ठ, सरोज तामाङ, सुरज गुरुङ

आलाः आदिल हमिद, कृजल खड्का, मणिकुमार लामा, रोशन छन्त्याल, सुमित श्रेष्ठ, उर्केन शेर्पा

पिभोटः हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ