सेयर बजार दोहोरो अंकले कमब्याक गरेको छ । गत मंगलबारदेखि लगातार दोहोरो अंकले घटेको नेप्से आज लयमा फर्केको हो । सूचकसँगै कारोबार रकममा पनि सामान्य बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३० करोडले बढेर साढे २ अर्ब नाघेको छ ।
सोमबार सेयर बजार मापक सूचक नेप्से १७.९९ अंकले बटेर २६१४.५४ विन्दुमा पुगेको छ । यसदिन २३१ कम्पनीको २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँ बराबरको ५१ लाख ८९ हजार ८३ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये होटल र अन्य बाहेक बाँकी सबै समूहको परिसूचक बढेको छ ।आज विकास बैंक समूह २.९२ प्रतिशतले बढेको छ भने बैंकिङ समूह सबैभन्दा कम ०.३३ प्रतिशतले बढेको छ ।यसैगरी, जलविद्युत र फाइनान्स समूहरुको सेयर मूल्य २ प्रतिशतभन्दा धेरैले बढेको नेप्सेले जनाएको छ ।
कारोबार भएका २३१ कम्पनीमध्ये १५६ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको घटेको छ । ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।आज नेपाल टेलिकमको सार्वाधिक कारोबार भएको छ । यसको २० करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै, अरुण भ्याल्ली हाइड्रोपावरको ९ करोड बढी, जीवन विकास लघुवित्त,अपीपावर कम्पनीको ९/९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज एक कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । इमर्जिङ नेपालको सेयर मूल्य ९।९८ प्रतिशतले बढेको छ । त्यसैगरी, न्याग्दी ग्रुप ७.६७ माउन्टेन हाइड्रोपावर कम्पनीको ६.७४,कर्णली विकास बैंकको ६.४९ र युनियन हाइड्रोपावरको ५.५७ प्रतशत सेयर मूल्य बढेको छ ।