चीनमा १३३ जना यात्रु बोकेको जहाज दुर्घटनामा परेको छ।
सोमबार चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुआङ्जी प्रान्तमा दुर्घटनामा परेको चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले समाचार प्रकाशन गरेको छ।
दुर्घटनामा भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन। युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको जहाज दुर्घटनामा परेको हो। पहाडी क्षेत्रमा दुर्घटना भएको र आगोलागेर जंगलमा झरेको बताइएको छ।
जहाजमा १३३ जना यात्रु रहेको बताइएको छ। अधिकारीहरूले उद्धारको काम भइरहेको बताएका छन्।