नेपालका कम्युनिष्ट चीन गए, चीनका कम्युनिष्ट कहिले आउँदैछन् नेपाल ? को-को भेट्छन् ?

  • प्रकाशित मिति : २०७८ चैत्र ७, सोमबार
  • chhanbin.com

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वकाे टाेली चीन भ्रमणमा प्रस्थान गरेकाे छ । चीनको कुन्मिङमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सेन्ज कार्यक्रममा सहभागी हुन उनी चीन जान लागेका हुन् ।

एमाले प्रतिनिधिमण्डल टाेली हिमालय एयरलाइन्सको कार्गो फ्लाइट मार्फत सोमबार बिहान चीन जान लागेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । एमाले उपाध्यक्ष पौडैल सिहत नेताहरु काशीनाथ अधिकारी, पुष्प कँडेल र मिना रखाल एक साता चीन भ्रमणमा जान लागेका हुन् ।

यता,मित्रराष्ट्र चीनका विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि नेपाल आउँदैछन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले आउँदो २५ देखि २७ मार्चसम्म नेपाल भ्रमण गर्न लागेका हुन् ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा मन्त्री वाङ नेपाल आउन लागेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भ्रमणका क्रममा उनले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।

विज्ञप्तिमा जनाइएअनुसार परराष्ट्रमन्त्री खड्का र समकक्षी वाङको प्रतिनिधिमण्डलबीच आउँदा २६ मार्चमा औपचारिक वार्ता हुने छ । वाङले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम छ ।