चुनावको तयारीबारे छलफल गर्न एमालेले बोलायो पोलिटब्यूरो बैठक

  • प्रकाशित मिति : २०७८ चैत्र ६, आईतवार
  • chhanbin.com

नेकपा एमालेले पोलिटब्यूरो कमिटीको बैठक बोलाएको छ। एमालेले सोमबार बिहान ११ बजे पोलिटब्यूरो कमिटीको बैठक बोलाएको हो। एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले सोमबार बिहान ११ बजे बबरमलहस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने जानकारी दिए।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीबारे छलफल हुने उनले बताएका छन्। पोलिटब्यूरो कमिटीमा १९ जना पदाधिकारी, २६ जना स्थायी कमिटी सदस्यसहित ९९ जना छन्।

एमालेले केन्द्रीय कमिटी बैठक चैत ९ र १० मा बोलाएको छ भने १३ गते स्थायी कमिटी बैठक बस्नेछ।