गभर्नरले गरे राष्ट्र बैंकमा अदलबदल, कसलाई कहाँको जिम्मेवारी तोकियो ?

  • प्रकाशित मिति : २०७८ चैत्र ६, आईतवार
  • chhanbin.com

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभाग र बैंक सुपरिवेक्षण विभागको प्रमुख परिवर्तन गरेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्था नियमन विभागको प्रमुख जिम्मेवारी गुणाकर भट्टलाई दिएका छन् । भट्ट यसअघि वाणिज्य बैंक सुपरिवेक्षण विभागमा थिए ।

यस्तै बैंक सुपरिवेक्षण विभागको जिम्मा देवकुमार ढकाललाई दिएका छन् । ढकाललाई बैंक तथा वित्तीय संस्था नियमन विभागबाट वाणिज्य बैंक सुपरिवेक्षण विभागको जिम्मेवारी दिइएको हो ।

त्यस्तै राष्ट्र बैंकमा कामू कार्यकारी निर्देशक रहेका विमलराज खनाललाई कार्यकारी निर्देशक बनाइएको छ । खनाललाई गैर बैंंकिङ सुपरिवेक्षण विभागको जिम्मेवारी दिइएको छ ।

नेपाल राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्था नियमन विभागलाई शक्तिशाली विभागको रुपमा लिइन्छ । नेपाल राष्ट्र बैंकमा अहिले १८ जना कार्यकारी निर्देशक छन् ।