उपत्यकामा दुई किशोरीमाथि जबरजस्ती करणी गर्ने दुई भाई खोरमा जाकिए

  • प्रकाशित मिति : २०७८ चैत्र ५, शनिबार
  • chhanbin.com

उपत्यकामा दुई किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-६ छापाली बस्ने २१ वर्षीय मनिष बिडारीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।

बिडारीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यसैगरी, ललितपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-३ पुतलीघाट बस्ने उदयपुर कटारी नगरपालिका-१० सोरुङ घर भएका ३८ वर्षीय चुक्त्तबहादुर राउतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पुतलीघाटस्थित सडक किनारमा पार्किङ गरी राखेको बा.४ ख ३१८१ नम्बरको बसभित्र मंगलबार राति राउतले बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।