देशभर ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा काठमाडौँ उपत्यकामा ८ जना थपिए

  • प्रकाशित मिति : २०७८ चैत्र ४, शुक्रबार
  • chhanbin.com

नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५० जनाले ज्यान गुमाएका छन्।

शुक्रबार ३९२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ३ हजार ९९६ जना सक्रिय संक्रमित छन्। काठमाडौँ उपत्यकामा भने ८ जना कोरोना संक्रमित भएका छन्।

गत २४ घण्टामा २ हजार ५९२ पीसीआर तथा ३ हजार ३२२ एन्टिजेन परीक्षण भएको छ।