संवैधानिक अंगका ५२ पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटमाथिको सुनुवाइ हेर्दा हेर्दैमा

  • प्रकाशित मिति : २०७८ चैत्र ४, शुक्रबार
  • chhanbin.com

सर्वाेच्च अदालतले विभिन्न संवैधानिक अंगका ५२ पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटमाथिको सुनुवाइ हेर्दा हेर्दैमा राखेकाे छ।

एक वर्षअघि परेका रिटमाथिको पहिलो सुनुवाइ आजदेखि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलासमा सुरु भएको हो।

यसअघि संवैधानिक परिषदको सदस्यका हैसियतले नियुक्तिकर्ता भएकाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यी रिटमा सुनुवाइ गर्न नमिल्ने विवाद भएको थियो।