नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै तागतमा निर्वाचन लड्ने कुरालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन। उनले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र आफ्नै चुनावी ऐजेन्डा सहित निर्वाचनमा होमिने बताए।
प्रेस सेन्टर नेपाल लुम्बिनीले विहिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले पहिलो प्राथमिकता आफ्नै तागतमा चुनाव लड्ने र दोस्रोमा गठबन्धनबाट चुनावमा जाने रहेको बताए।
‘तोकिएकै मितिमा निर्वाचन हुन्छ, त्यसमा कन्फयूजनमा नरहन आग्रह गर्छु, चुनाव हुन्छ’ उनले भने। उनले निर्वाचन समयमा हुने भएकाले सम्पूर्ण तागत त्यता केन्द्रीत गर्न कार्यकर्तालाई आग्रह गरेँ। उनले आफ्नो संगठनलाई बलियो बनाउने गरि चुनावको तयारीमा रहेको बताए। ‘शिक्षा, स्वास्थ्य रोजगारीका कार्यक्रमलाई जनमुखी बनाउने गरि आफ्नै तागतमा चुनावमा जाने गरि निर्वाचनमा होमिन तयारीमा छौं’ अध्यक्ष प्रचण्डले भने, ‘त्यसपछि गठबन्धन गरेर चुनावमा जाने।’
गठबन्धन गर्ने सवालमा प्रमुख नेतृत्व पंक्तीका विचमा विमती नरहेको उनले बताए। ‘प्रतिगनका विरुद्ध गठबन्धन बनेको हो, त्यो उदेश्य अहिले पनि पूरा गर्न बाँकी नै छ, त्यसैले गठबन्धन टुटने देखिदैन’ उनले भने।
एमसिसिका कारण गठबन्धन टुटन सक्ने अवस्था देखिएको भएपनि ब्याख्यात्मक घोषणाले त्यो जोखिम टरेको बताए। संघीय र प्रदेश सरकारहरु निर्वाचनसम्म बलियोसँग अगाडि बढ्ने आधार बनेको उनले बताए। उनले कांग्रेसले लखेटेको अवस्थामा मात्रै अन्य दलसँग गठबन्धन हुने नभए अहिले त्यो अवस्था नरहेको बताए।
तत्काल एमालेसँग तालमेल वा गठबन्धनको सम्भावना नरहेको बताए। तर, गम्भिर समस्या आएपछि संकटमा माओवादीले निकास दिएको भन्दै राजनीतिमा जे पनि हुनसक्ने बताए। ‘जतिसुकै तितोमिठो भएपनि सहमती गर्ने गरेका छौं, त्यहि प्रवृत्तिलाई युद्धलाई शान्तिमा रुपान्तरण गरिएको हो। देश अप्ठ्यारोमा पर्यो निकास दिनुपर्यो भन्दा देशप्रती चिन्ता नै नभएको देखिएपछि निषेधाज्ञा सोँच रहेछ। नेपाली राजनीतिमा असम्भव भन्ने हुँदैन, गठबन्धन जोगाउने वा बचाउने भूमिका कांग्रेसमा निर्भर छ’ उनले भने। गठबन्धन सबै ठाउँमा हुन्छ भन्ने नरहेको उनले बताए।
अध्यक्ष प्रचण्डले प्रधानन्यायधिशको महाअभियोग संविधान र कानुनको व्यवस्था अनुसार नै संसदमा दर्ता भएकाले अधिवेशन अन्त्य हुँदैमा केहि नहुने बताए। छानविन समिति बनिसकेको र दर्ता भएकाले अब चल्ने संसदमा छलफल सुरु हुने उनले बताए।