भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको मूल्य बढाएर पठाएको छ । आज (मार्च १६) मा प्राप्त नयाँ मूल्यसूचीमा आईओसीले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको निमगले जनाएको छ ।
यसअघि, यही मार्च १ मा प्राप्त मूल्यसूचीभन्दा पेट्रोल लिटरमा १६ रुपैयाँ ३७ पैसा, डिजेल लिटरमा २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धनको मूल्य प्रलिलिटर १८ रुपैयाँ ८९ पैसाले बढेर आएको निगमले जनाएको छ ।
नयाँ मूल्यसूची आएसँगै अब निगमलाई १५ दिनमा नै पेट्रोलियम पदार्थमा पाँच अर्ब ३० करोड रुपयाँ घाटा हुने अवस्था आएको जनाइएको छ ।
आईओसीबाट इन्धनको मूल्य बढेसँगै नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुपर्ने अवस्था आएको जनाइएको छ । मूल्य समायोजन नगरे घाटा थेग्न नसकिने निगमका अधिकारीहरू बताउँछन् । चालु आर्थिक वर्षमा निगमले २८ अर्ब घाटा व्यहोरिसकेको जनाइएको छ ।