म्यादी प्रहरीका लागि भर्ना खुल्यो, १८ वर्ष पूरा भएको र ५४ वर्ष ननाघेकाले आवेदन दिन पाउने

  • प्रकाशित मिति : २०७८ चैत्र १, मंगलवार
  • chhanbin.com

आउँदो स्थानीय तहको चुनावलाई लक्षित गर्दै म्यादी प्रहरीका लागि भर्ना खुल्ला गरिएको छ। चैत ६ गतेदेखि ११ गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सबै जिल्ला प्रहरी कार्यालय र उपत्यकाको हकमा तीन वटै परिसरबाट दरखास्त दिन सकिने उल्लेख गरिएको छ। दरखास्त दिनेहरु १८ वर्ष पूरा भएको र ५४ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ।

उनीहरूले ४० दिनको सेवा सुविधा पाउनेछन्। म्यादी प्रहरीले तलबबाहेक रासन र पोशाकवापतको रकम पनि पाउनेछन्। सबै सुविधाको रकम जोड्दा ४४ हजार ४४० रुपैयाँ उनीहरूले पाउने देखिन्छ।

एक लाख म्यादी प्रहरी भर्नाका लागि खुलाईएको सुचना हेर्न यहाँ क्लिक गर्नुहोस।