नेप्से घट्दा पनि आज मूल्य बढेका यी हुन् कम्पनी, कुनको कति बढ्यो ?

  • प्रकाशित मिति : २०७८ चैत्र १, मंगलवार
  • chhanbin.com

सेयर बजारमा करेक्शन आएको छ । यस साताको अघिल्ला दुई कारोबार दिनमा १०१ अंकले बढेको नेप्सेमा आज दोहोरो अंकको करेक्शन आएको छ । मंगलबार सेयर बजार मापक सूचक नेप्से १७.१५ अंकले घटेर २६५०.९७ विन्दुमा आइपुगेको छ । यसदिन २२९ कम्पनीको ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँ बराबरको ६५ लाख २९ हजार २६ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ४ समूहको परिसूचकमा हरियाली छाएको छ भने ९ समूहको राताम्मे भएको छ । होटल समूह सबैभन्दा धेरै ३.१६ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूह सबैभन्दा धेरै १.६२ प्रतिशतले घटेको छ ।

कारोबार भएका २२९ कम्पनीमध्ये ६८ कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ कम्पनीको घटेको छ । १९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको ३४ करोड बढीको सेयर किनबेच भएको छ । यस्तै, अपी पार १२ करोड र नेपाल लाइफ पौने १२ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

घट्दो बजारमा आज इमर्जिङ नेपालको सेयर मूलयमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । त्यसैगरी, सगरमाथा इन्स्योरेन्स ६.६४, सोल्टी होटल ६.५१, युनाइटेड इदी मर्दी ५.८१, नेपाल पुनर्बीमा ४.८७, राष्ट्र उत्थान लघुवित्त ४.७५, गोर्खा फाइनान्स ४.६३, प्राइम लाइफ, घलेम्दी हाइड्रोपावर र तारगाउँ होटलको सेयर मूल्य साढे ३ प्रतिशतले घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा आज नेपाल टेलिकमको सेयर मूल्य सबैभन्दा धेरै ५.१३ प्रतिशतले घटेको छ । गत वर्षको नाफाबाट ४० प्रतिशत लाभांश घोषणा गरे पनि लगानीकर्ता टेलिकमको सेयरप्रति आकर्षित हुन सकेनन् ।