संसद् विघटन ओली एक्लैले नगरेको जिकिर गर्दै प्रचण्डले खोले यस्तो पोल

  • प्रकाशित मिति : २०७८ फाल्गुन ३०, सोमबार
  • chhanbin.com

पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटन नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मात्रै नभइ देश र विदेशबाटै षड्यन्त्र भएको बताएका छन्।

सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एउटा ठूलो षडयन्त्र अन्तर्गत संसद विघटन भएको बताएका हुन्।
‘विदेशी शक्ति जोडिए, न्यायालय पनि जोडियो। प्रतिक्रियावादी जोडिए। एउटा ठूलो सेटिंग थियो। यसको उद्देश्य माओवादी नेतृत्वलाई नेस्तानाभूत गर्ने एउटा डिजाईन गर्नका लागि गरिएको षड्यन्त्र थियो,’ उनले भने।

उनले माओवादी जनयुद्धको बलमा प्राप्त संघीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिङ अन्तर्गतको षड्यन्त्र भएको र सो संघर्षमा ओली एउटा माध्यम भएको समेत बताए। उनले लाखौंको संख्यामा जनता आँधीहुरी जस्तै ओइरिएपछि सेटिङ असफल भएको बताए।

‘माओवादी केन्द्रले निर्णायक भूमिका खेलेको हो। नेतृत्वले सशक्त भूमिका नखेलेको भए प्रतिगमन परास्त हुने अवस्था थिएन,’ उनले भने, ‘त्यतिबेला नेपाली कांग्रेसको अवस्था के थियो त्यो सम्झिँदा हुन्छ। नेपाली कांग्रेसलाई समेत हामीले प्रतिगमनको आन्दोलनमा ल्याउन सफल भयौं।’