५८ जना कोरोना बिरामी थपिए, कसैले ज्यान गुमाउनु परेन

  • प्रकाशित मिति : २०७८ फाल्गुन ३०, सोमबार
  • chhanbin.com

पछिल्लो २४ घण्टामा देशभर ५८ जना कोभिड १९ संक्रमित थपिएका छन् । पाँच हजार ४१८ वटा नमुनामा परीक्षण गर्दा ५८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज १४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८१९ पुगेको छ । आज संक्रमणका कारण मृत्यु हुनेको संख्या भने शून्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।