कांग्रेसलाई आजदेखि चुनावी रन्कोले छोप्यो, ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान गर्यो सुरू

  • प्रकाशित मिति : २०७८ फाल्गुन २९, आईतवार
  • chhanbin.com

नेपाली कांग्रेसले आजदेखि चुनावी अभियान सुरू गरेको छ। त्यसका लागि उसले ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारा तय गरेको छ।

यो अभियानका लागि कांग्रेसले आफ्ना केन्द्रीय नेताहरूलाई जिल्लाजिल्लामा पठाइसकेको छ। उनीहरूले त्यहाँ चुनावी अभियान अन्तर्गत कार्यक्रमहरू सञ्चालन गर्नेछन्।

सरकारले आगामी वैशाख ३० गते एकैचरणमा हुनेगरी स्थानीय निर्वाचनको मिति घोषणा गरिसकेको छ। त्यही निर्वाचनलाई लक्षित गरेर कांग्रेसले चुनवी अभियान सुरू गरेको हो।

पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार यो अभियानमा घरघरै पुगेर कांग्रेसका नेता तथा कार्यकर्ताहरूले घरघरै पुगेर आम मतदातालाई कांग्रेसको नीति तथा कार्यक्रमहरू, राष्ट्रिय मुद्दाहरूमा कांग्रेसले लिएको अडान तथा सरकारका उपलब्धीहरूबारे बताउनेछन्।

सबैभन्दा मुख्य मुद्दा कांग्रेसले एमसिसीको विषयलाई बनाएको छ। त्यसका बारेमा आम नागरिकको ‘भ्रम’ चिर्नका लागि पनि यो अभियान सफल हुने महतले बताए।

नेपाली कांग्रेसले किन एमसिसीको पक्षमा आफ्नो अडान राख्यो भन्ने कुरा आम मतदातालाई प्रष्ट पारिने उनले बताए। आजदेखि सुरू भएको यो अभियान चैत ३० गतेसम्म चल्नेछ।