आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  • प्रकाशित मिति : २०७८ फाल्गुन २९, आईतवार
  • chhanbin.com

संघीय संसद्को प्रतिनिधिसभा बैठक आइतबार दिउँसो एक बजे बस्दैछ । संघीय संसद् सचिवालयले शुक्रबार आजको बैठकको सम्भावित कार्यसूची कार्यसूची सार्वजनिक गरेको थियो ।

सचिवालयका अनुसार बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन पेस गर्ने छन् । यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने जनाएको छ । बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूचीलाई अन्तिम रुप दिनेछ ।