प्रकाश सपुतलाई बाबुरामले काँध हाल्दै भने- सर्जकलाई किन धम्क्याउने ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन २९, आईतवार
  • chhanbin.com

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले गायक प्रकाश सपुतको नयाँ गीतमा आपत्ति जनाउनु पर्ने कुरा नभएको बताएका छन्। माओवादी जनयुद्धबाट पीडित बनेका कार्यकर्ताको पीडाको विषयवस्तु समावेश गरेर सृजना गरिएको प्रकाश सपुतको ‘पीर’ म्युजिक भिडियो विवादित बनेपछि अध्यक्ष भट्टराईले गीतप्रति टिप्पणी गरेका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमा गीतबारे टिप्पणी गर्दै गीतले जनयुद्धको विरोध नगरेको बरु अपूर्ण क्रान्तिको पीडा दर्शाएको उल्लेख गरेका छन्।

‘गीतले जनयुद्धको विरोध गरेको छैन। अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ,’ भट्टराईले लेखेका छन् । उनले माओवादी नेताहरुलाई गीतको भावबाट क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो की भनेर सोच्नुपर्ने बेला भएकोसमेत उल्लेख गरेका छन्।

उक्त गीतको बिरोध गर्दै माओवादी नेताहरुले युट्युवबाट हटाउन भनिरहेको बेला भट्टराईले गीतका सर्जकलाई सपूतलाई किन धम्क्याउने? भन्दै प्रश्न गरेका छन्।