चोलेन्द्र श्रीमानलाई लगाईएको काँजोका बिषयमा गरमागर्मी बहस हुने, के हुन्छ महाभियोग ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन २७, शुक्रबार
  • chhanbin.com

प्रधानन्यायाधीश जबराविरुद्धकाे महाअभियोगमाथि संसद्‌मा आइतबारदेखि छलफल अघि बढ्ने भएको छ । फागुन २९ गते आइतबारका लागि बाेलाइएकाे प्रतिनिधिसभाकाे बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन र समय ताेक्ने भएका छन् ।

आइतबारकाे बैठकको सम्भावित दैनिक कार्यसूचीमा पनि महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख छ ।
जबराविरुद्ध फागुन १ गते माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्तावमा तीनवटै दलका ९५ सांसदहरूले समर्थन जनाएका थिए ।

प्रतिनिधिसभाकाे यसअघिको बैठकले महाभियोग सिफारिस समिति गठन गरिसकेको छ । ११ सदस्यीय महाभियोग सिफारिस समितिमा संसद्‌मा अवरोध गरिरहेकाे एमाले पनि सहभागी भएको छ ।