स्थानीय तहको आगामी निर्वाचन तयारीबारे विभिन्न दलहरु छलफलमा जुटेका छन् । निर्वाचनबारे विभिन्न दलमा उठेका विवाद समाधानका लागि निर्वाचन आयोगले बैठक डाकेको हो ।
संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिहरू र आयोग छलफल गर्दैछन् । स्थानीय निर्वाचन आउन दुई महिना बाँकी रहेका बेला सत्तारूढ र प्रमुख प्रतिपक्षी दल पछिल्लो समय मतपत्रको रङका विषयमा विवादमा उत्रिएका छन् ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दललाई मान्यता दिएको छ । आयोगको बिहीबार बसेको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिने मान्यता दिएको हो ।