एमाले सिन्धुपाल्चोकका नेता कांग्रेसमा ह्वारह्वार्ती छिरे, देउवाले क-कसलाई गराए प्रवेश ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन २४, मंगलवार
  • chhanbin.com

नेकपा (एमाले)को सिन्धुपाल्चोक जिल्ला सदस्य र निर्वाचित गाउँपालिका अध्यक्षसहितका नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाले उनीहरूलाई माला र खादासहित अबिर लगाएर कांग्रेस प्रवेश गराएका हुन् ।

सिन्धुपाल्चोक घर भएका कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बसनेतले एमाले नेताहरूलाई कांग्रेस प्रवेशका लागि तयार पारेर सानेपा ल्याएका थिए । पार्टी प्रवेश गर्नेहरूमा एमालेबाट बलेफी गाउँपालिका अध्यक्षमा निर्वाचित केदार क्षेत्री, एमाले जिल्ला सदस्य सुभास सुन्दास, एमालेका युवा नेता कृष्ण क्षेत्रीसहितका नेताहरू छन् । उनीहरूसँगै ठूलो संख्यामा कार्यकर्ताहरू पनि कांग्रेस प्रवेश गरेको बताइएको छ ।