जनसाँस्कृतिक महासंघको चाबी निरौलाको पोल्टामा, ताप्लेजुङ्ग हाँक्न अरू को-को छानिए ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन २४, मंगलवार
  • chhanbin.com

नेकपा एमाले समर्थित राष्ट्रिय जनसाँस्कृतिक महासंघ ताप्लेजुङले नयाँ नेतृत्व पाएको छ। चीन र भारत संग सीमाना जोडिएको सुदुरपूर्वी जिल्ला ताप्लेजुङ्गमा भएको आठौं जिल्ला अधिबेशनले हेमराज निरौला अध्यक्ष रहेको ३३ सदस्यीय जिल्ला कार्य समिति चयन भएको हो।

जनसाँस्कृतिक महासंघ जिल्ला कमिटीको उपाध्यक्षद्धयमा जुना आङ्बुहाङ र नवीन लामगादे,सचिवमा पब्लिक गुरुङ,सहसचिवमा रोहित लिम्बू र कोषाध्यक्षमा लिला सुनुवार चयन भएका छन् ।

उपसचिव पोमूको बिशेष उपस्थितिमा भएको भेलामा जनसाँस्कृतिक महासंघका अगुवा एवम् फुङ्लिङ नगर कमिटी अध्यक्ष भरतकुमार गुरुङ,एमाले जिल्ला सदस्य तथा फुङ्लिङ नगरपालिका वडा नं ५ का वडाध्यक्ष भीमादेवी ओझा लगायतको उपस्थिति रहेको एमाले ताप्लेजुङले जनाएको छ । पाथीभरा याङ्गवरक- १ का निरौला अखिलका पूर्व केन्द्रीय सदस्य समेत हुन्। केन्द्रीय राजनितीमा समेत निरौलाको प्रभाव रहेको छ।