सुनको भाउले आज गरेन चलमल, तोलाको कति तोकियो मूल्य ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन २४, मंगलवार
  • chhanbin.com

नेपाली बजारमा सुनको मूल्य मंगलबार स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन हजार रुपैयाँ कायम भएको छ।

यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा नै कारोबार भएको थियो। त्यस्तै मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार पांच सय रुपैयाँ निर्धारण गरिएको छ।

चाँदीको मूल्यमा भने तोलमा १५ रुपैयाँको दरले घटेको छ। सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ४१० रुपैयाँमा निर्धारण भएको छ।