नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले अर्लि इलेक्शनको सम्भावना नभएको बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताए।
सोही क्रममा सांसद पुनले वैशाखमा स्थानीय तहको निर्वाचन हुँदा अर्लि इलेक्शन गर्ने समय नहुने बताए। उनले भने, ‘सामान्यतया हाम्रो नेपालमा दुईटा सिजनमा निर्वाचन हुने गरेको छ। कार्तिक, मंसिर, चैत, वैशाख, जेठ सम्म। पाँच वर्षमा संघीय, प्रदेश र स्थानीय चुनाव हुने संवैधानिक व्यवस्था छ। यसरी हेर्दा अर्लि इलेक्शनको सम्भावना अब छैन। वैशाखमा स्थानीय तहको नर्वाचन गर्ने भनेसी हामीसँग टाइम नै हुँदैन। स्वत्ः कार्तिक, मंसिर जान्छ।’
सांसद पुनले संसद लामो समयदेखि अनिर्णयको अवस्थामा रहँदा विघटन गरेर अर्लि इलेक्शनमा जाने कुरा राजनीतिक रुपले ठिकै भएपनि नेपालको भौगोलिक जटिलता र मौसमी अवस्थाका कारण पनि त्यसो गर्न नसकिने उनले बताए।