अब दैनिक १० किलो मात्र सुन आयत गर्न पाइने, राष्ट्र बैंकको यस्तो छ सुचना

  • प्रकाशित मिति : २०७८ फाल्गुन २२, आईतवार
  • chhanbin.com

सुन आयतमा कटौती गरिएको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै सुन आयत कोटामा कटौती गरिएको जनाएको छ ।

बैंकले आइतबार परिपत्र जारी गर्दै अब दैनिक १० किलो मात्र सुन आयत गर्न पाइने बताएको छ । यसअघि दैनिक २० किलो सुन आयत गर्ने कोटा निर्धारण गरिएको थियो ।

विदेशी विनियम सञ्चितिमा दबाब बढेपछि राष्ट्र बैंकले आयतमा कडाइ गरिरहेको छ । यसअघि विलाशिताका वस्तुमा पनि कडाइ गरेको थियो । गाडी तथा अटोपाट्सका सामानलगायतमा यसअघि कडाइ गरिएको थियो । अब सुनमा पनि कडाइ गरिएको हो ।