धनराज गुरुङ भन्छन- नेपाली कांग्रेस हात्ती नै हो,हात्ती लम्किन्छ, लम्किँदा कुकुरहरु भुक्ने गर्छन्

  • प्रकाशित मिति : २०७८ फाल्गुन २१, शनिबार
  • chhanbin.com

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नो पार्टीलाई हात्तीसँग तुलना गरेका छन्। शनिबार नेपाल निजामती कर्मचारी युनियनको ८ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै गुरुङले भने, ‘नेपाली कांग्रेस हात्ती नै हो । हात्ती लम्किन्छ, लम्किँदा कुकुरहरु भुक्ने गर्छन्।’

केही दिनअघि संसदबाट पारित भएको एमसीसी सम्झौतातर्फ संकेत गर्दै उनले भने, ‘नेपाली कांग्रेस रुपी हात्ती लम्किरह्यो। लम्किँदै बानेश्वर पुग्यो, केही कुकुरहरु भुक्ने काम भयो। एमसीसी पास भयो।’

उनले थपे, ‘नेपाली कांग्रेस रुपी हात्ती अब चुनावी मैदान लम्किँदै छ । हात्तीको ठूलो कान देखेर चमेराहरु ओत लाग्न खोज्दैछ्न्। चमेराले हात्तीको कान फोहोर गर्न मात्र सक्छ।’ गुरुङले भने, ‘हाम्रो स्पस्ट रोडम्याप छ। अबिचलित अविछिन्न रुपमा रोडम्याप अनुसार अघि बढ्यो भने मुसाले बाटो काट्दैमा केही हुनेवाला छैन।’