केपी ओली पत्नी च्यापेर किन पुगे कालिञ्चाेक ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन २०, शुक्रबार
  • chhanbin.com

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यसहित घुमघामका लागि दाेलखा पुगेका छन् । दोलखाको चर्चित पर्यटकीय तथा धार्मिकस्थल कालिञ्चाेक पुगेका उनी घुमघाम र हिमालकाे दृश्यावलाेकनमा व्यस्त छन् ।

सञ्चारकर्मीहरुले पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता गठबन्धनबारे उनीसँग प्रतिक्रिया लिन खोजेका थिए । तर, उनले ‘पवित्रस्थलमा अन्य कुरा नगराैं’ भन्दै प्रतिक्रिया दिएनन् । यसैबीच उनले कालिञ्चाेकमा रहेकाे केबलकारकाे औपचारिक उद्वघाटन गरेका छन् ।