सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले विभिन्न पदमा गरी ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले केन्द्र तथा प्रदेशका कार्यलयमा सहायक र कनिष्ठ सहायक पदका लागि दरखास्त माग गरेको हो ।बैंकले विभिन्न पदमा ३०३ जना कर्मचारी माग गरेको हो ।
बैंकले सहायक प्रबन्धकमा ५६, सहायक प्रबन्धक (सीए) मा २ र सहायक प्रबन्धक (आइटी)मा ४ जना मागेको हो । सहायक प्रबन्धकका लागि व्यवस्थापन वा अर्थशास्त्र (मानविकी)मा स्नाकोत्तर हुनुपर्नेछ भने सिएका लागि सीए/एसीसीए उत्तीर्ण हुनुपर्नेछ । त्यस्तै, आइटी दरखास्त दिन सूचना प्रविधिमा बीसीए/ बीसीआइकम/बीआइटी/बीआइएम/बीएस्सी हुनुपर्नेछ ।
बैंकले सहायक र कनिष्ठ सहायकका लागि प्रदेशगत कोटा छुट्याएको छ । १४८ जना सहायक मागेको बैंकले प्रदेश १ र मधेसमा ३१र३१ जनाका लागि कोटा छुट्याएको छ । बैंकले बागमतीमा ५१, गण्डकीमा १०, लुम्बिनीमा २१ तथा कर्णाली र सुदूरपश्चिममा २र२ जना सहायक मागेको छ । यसका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक उत्तीर्ण हुनुपर्नेछ ।
सहायक आइटी बागमतीका लागि २ जना माग गरिएको छ । बैंकले ९१ जना कनिष्ठ सहायक मागेको छ ।जसअनुसार प्रदेश १ मा १६, मधेसमा १५, बागमतीमा २७, गण्डकीमा १२, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ५ जना माग गरिएको छ । यसका लागि व्यवस्थापनमा प्रमाणपत्र/प्लस टु उत्तीर्ण हुनुपर्नेछ ।
दरखास्त फागुन २० देखि चैत १० गतेसम्म अनलाइनमार्फत भर्न सकिने बैंकले जनाएको छ। सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेकोले दरखास्त दिन सक्नेछन्। सहायक र कनिष्ठ सहायक पदका लागि भने १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनेपर्ने जनाइएको छ।