सत्ता गठबन्धनको बैठकमा देउवालाई क-कसले सोडा हाले ? यी दुई भाईले किन द्वेष पाले ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन १९, बिहीबार
  • chhanbin.com

सत्तारुढ गठबन्धनले आगामी स्थानीय तहमा चुनावी गठबन्धनका लागि आ–आफ्नो दलभित्र छलफल गरेर निर्णय लिने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा चुनावी सहकार्यका विषयमा छलफल भएको हो। आ–आफ्नो दलमा छलफल गरेर चुनावी तालमेलका लागि गठबन्धनको बैठक फेरि बस्ने तय भएको छ। बैठकले संसद्मा महत्वपूर्ण विधेयकहरु अड्किएकाले एमालेलाई सदन अवरुद्ध नगर्न आग्रह गर्ने निर्णय पनि गरेको छ।

‘यस्तो अवस्थाले जनतामा संसदप्रति नै नकारात्मक धारणा बन्न सक्छ। संसद् बैठक अवरुद्ध नगर्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गर्ने निर्णय गरेको छ,’ कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने।

पाँच दलीय सत्ता गठबन्धनबाट जनमोर्चा भने बाहिरिएको छ। एमसीसीको विरुद्धमा रहेको जनमोर्चा संसद्बाट एमसीसी पास भएपछि बाहिरिएको हो।

बैठकमा एमसीसी पारित गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईले प्रधानमन्त्री देउवाको प्रशंसा गरेका थिए।

नेकपा (एस)का नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने एमसीसी पारित भएकोमा विरोध गरेका थिए।