१२७ कोरोना संक्रमित थपिए, ३ जनाले ज्यानै गुमाए

  • प्रकाशित मिति : २०७८ फाल्गुन १८, बुधबार
  • chhanbin.com

नेपालमा पछिल्लो २४ घण्टामा १२७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८ सय ७४ जनाको परीक्षण भएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ३ जनाको मृत्यु भएको छ भने ३ सय २१ जना संक्रमण मुक्त भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ७ सय ७० रहेको छ भने मंगलबार ३५ हजार ७ सय ८८ जनालाई खोप लगाइएको छ।