प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
उनीहरुका बीचमा बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो। अध्यक्ष नेपालसँगको भेटवार्तापछि अर्को सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका थिए।
प्रधानमन्त्री देउवासँग एकीकृत समाजवादीका अध्यक्ष नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छुट्टाछुट्टै छलफल भएको बालुवाटारले जनाएको छ। ‘सामान्य भेटघाट हो। समसामयिक विषयमा सामान्य छलफल भयो,’ बालुवाटार स्रोतले भन्यो। तर राजदूत नियुक्ति लगायतका बिषयमा छलफल भएको बुझिएको छ।
अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारित भएपछिको अवस्थाका बारेमा प्रधानमन्त्री देउवाले नेपाल–प्रचण्डसँग छलफल गरेको बताइएको छ। एमसीसी संसदबाट पारित भएपछि खुसीयाली साटासाट गर्न प्रचण्ड र माधव बालुवाटार पुगेको श्रोतको भनाई छ।