अन्तरर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले इण्डियन आयल कर्पोरेशन (आईओसी) ले बढाएर नयाँ मूल्य सूची पठाएको छ ।
नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९५ देखि १०५ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले आज नयाँ मूल्य सूची पठाएको हो ।
आईसीले पठाएको सूची अनुसार प्रति लिटर पेट्रोल ३.८९, डिजेल ३.०८, मट्टितले १०.३० र हवाई इन्धनमा ३.३२ ले बढेर आएको निगम जनाएको छ । नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब ३ अर्ब ९ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएको छ ।
समायोजन हुदाँ पनि निगमले अब प्रति महिना करिब ६ अर्ब रुपैयाँ भन्दा बढी नोक्सानी हुने अनुमान गरिएको छ । चालू आर्थिक वर्ष २०७८-७९ को अहिलेसम्म निगमले करिव २८ अर्व नोक्सानी व्यहोरीसकेको जनाइएको छ ।