बन्द गराउदै हिड्ने ६ भाईलाई प्रहरी पार्यो कर्याप्पै

  • प्रकाशित मिति : २०७८ फाल्गुन १६, सोमबार
  • chhanbin.com

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा आह्वान गरेको बन्दको सामान्य प्रभाव देखिएको छ। ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले आज नेपाल बन्द आह्वान गरेका हुन्।

सोमबार बन्द गराउन हिँडेका ६ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। बन्दकर्ताले केही सवारीसाधनमा पनि तोडफोड गरेको प्रहरीको भनाइ छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादीलगायत ८ दलले बन्दको आह्वान गरेका हुन्। बन्दको उपत्यकामा सामान्य प्रभाव परेको छ।