करणीको वात लागेका पलले गरे आत्मसमर्पण

  • प्रकाशित मिति : २०७८ फाल्गुन १५, आईतवार
  • chhanbin.com

अभिनेता पल शाहले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। उनले आइतबार आफै प्रहरीमा आत्मसमर्पण गरेका हुन्।

बलात्कार मुद्दा लागेर फरार रहेका शाहले आज आफैं प्रहरीसमक्ष उपस्थित हुने जनाएका थिए। त्यसको केही समयमै उनले प्रहरीसामू आत्मसमर्पण गरेका हुन्।

एक नाबालिग गायिकाका बुबाले पलमाथि बलात्कारको उजुरी दर्ता गराएका छन्। उनले जिल्ला प्रहरी तनहुँ पुगेर आत्मसमर्पण गरेका हुन्।