गोकुल बाँस्कोटाले माधव नेपालको पार्टीको नाम झारपात पार्टी किन राखिदिए ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन १४, शनिबार
  • chhanbin.com

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले माधव नेपालको पार्टीको नाम झारपात पार्टी हुनुपर्ने भन्दै व्यङ्ग्य गरेका छन् । शनिबार हेटौँडामा आयोजित नेपाल खेलकुद महासंघ बागमती प्रदेशको प्रथम अधिवेशन समारोहलाई सम्बोधन गर्ने क्रममा नेता बाँस्कोटाले नेपालको पार्टी नेकपा एकीकृत समाजवादीतिर इंगित गर्दै नयाँ पार्टीको नाम झारपात हुनुपर्ने बताए ।

एक रहेको पार्टी फुटाएर नयाँ पार्टी बनाएर देउवासँग मिल्न गएर अध्यक्ष नेपालले ठीक नगरेको बताउँदै नेता बाँस्कोटाले माधव नेपाललाई विचरा भन्ने दिन आएको बताए ।

‘अब माधव नेपाललाई त म विचरा भन्न मन पराउँछु । अब गठबन्धनमा समाजवादीको भविष्य छैन । कुरा बुझ, अब खुरुखुरु नेकपा एमालेमै फर्क । यसमै समाजवादीमा लागेकाहरूको भलो हुनेछ,’ उनले भने । अब आउने चुनावमा नेकपा एमालेकै दुई तिहाइको सरकार बन्ने बताउँदै बाँस्कोटाले पार्टी फुटाएर अन्त मिल्न जानेहरूले चुनाव पछि नै सबक सिक्ने बताए ।