फिल्म निर्देशक सुदर्शन थापालाई प्रहरीले रिहा गर्यो

  • प्रकाशित मिति : २०७८ फाल्गुन १४, शनिबार
  • chhanbin.com

नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा जाहेरी परेपछि फरार भइरहेका अभिनेता पल शाहसँग निरन्तर सम्पर्कमा देखिएपछि फिल्म निर्देशक सुदर्शन थापालाई प्रहरीले छोडेको छ।

थापा चार दिनदेखि फरार भइरहेका पलले अभिनय गरेको फिल्म ‘म यस्तो गीत गाउँछु-२’ का निर्देशक हुन्। अहिले सो फिल्म रिलिज भइरहेको छ। जाहेरी दर्तापछि पलले प्रहरीमा आफैँ आत्मसमर्पण गर्ने दाबी गरिए पनि उनी लुक्दै आफ्नो पक्षमा माहौल बनाउन सक्रिय छन्।

जाहेरी परेको भोलिपल्ट फेसबुकमा घटनालाई प्रभावित पार्ने गरी अडियो सार्वजनिक गराएका उनलाई लुकाउन प्रत्यक्ष-अप्रत्यक्ष सहयोग पूर्याउनेहरुलाई प्रहरीले खोजी सुरु गरेको अनुसन्धानमा संलग्न स्रोतले बतायो। सोही अनुसन्धामा थापा फरार आरोपीको निरन्तर सम्पर्कमा देखिएपछि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिए पनि केही सोधेर रिहा गरेको बुझिएको छ।