कांग्रेसले एमाले संग कुरा अगाडी बढाएपछि माधव नेपाल कसरी आत्तिए ? ओलीले यसरी सुनाए

  • प्रकाशित मिति : २०७८ फाल्गुन १४, शनिबार
  • chhanbin.com

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले एमालेसँग संसाद अघि बढाएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अत्तालिएको बताएका छन्।

एमसिसीका बारेमा नेपाली कांग्रेसले एमालेसँग कुरा गरेपछि उनीहरू अत्तालिंदै बालुवाटार पुगेको उनले बताए।

‘हामीसँग कांग्रेसले कुरा गर्‌यो। त्यसपछि साथीभाइको सतो गएछ गठबन्धन टुट्छ कि भनेर’ शनिबार एमाले निकट कानुन व्यवसायीहरूको भेलालाई सम्बोधन गर्दै ओलीले भने- ‘त्यसपछि फेरि प्रचण्ड र माधव नेपाल देउवाकहाँ गएर भनेछन्- प्रभु गठबन्धन नटुटाइदिनुस्। हामीलाई सडकमा नफालिदिनुस्।’