ओली हाबी हुने देखेर प्रचण्डको दिमागमा लाग्यो यस्तो झड्का, पेरिसडाँडा पुगेर यसरी पोखे तितो

  • प्रकाशित मिति : २०७८ फाल्गुन १४, शनिबार
  • chhanbin.com

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण वर्तमान सत्ता गठबन्धन टुट्ने र प्रतिगमनकारी शक्ति हाबी हुने स्थिति बनेको बताएका छन् । तर आफूले त्यो स्थितिलाई रोक्न अन्तिम प्रयास गरिरहेकाे पनि प्रचण्डले बताए ।

एमसीसीलाई पनि टुंगो लगाएर सत्ता गठबन्धन जोगाउने अन्तिम प्रयासमा आफू रहेको उनले बताएका हुन् ।माओवादी सशस्त्र युद्धका पहिला शहीद दिलबहादुर रम्तेलको स्मृतिमा पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले जसलाई प्रतिगमनकारी भनेर ठूलो संघर्षबाट गठबन्धन बनाइयो, अहिले उही शक्ति हाबी हुने खतरा देखिएको बताए ।

‘एमसीसीको समस्या समाधान होस्, गठबन्धन पनि नटुटोस् भन्ने कुनै उपाय छ कि भनेर अन्तिम प्रयास गरिरहेका छौँ । नत्र एमसीसीकै कारण हामीले हिजो जसलाई प्रतिगमनकारी भन्यौँ, जुन कदमलाई प्रतिक्रान्तिकारी भन्यौँ, जसको भण्डाफोर गरेर नयाँ गठबन्धनको जन्म भयो फेरि त्यही शक्ति फर्किने खतरा छ’, प्रचण्डले भने ।

कुनै खालको प्रतिगमनकारी गठबन्धन अगाडि नआओस् र संविधान, लोकतन्त्र, राष्ट्रियताको रक्षाको लागि कसम खाएर बनेको गठबन्धन सजिलै नटुटोस् भनेर आफू लागिरहेकाे प्रचण्डले बताए ।