एमसीसीबारे निर्णायक छलफल गर्न जसपा जुट्यो

  • प्रकाशित मिति : २०७८ फाल्गुन १४, शनिबार
  • chhanbin.com

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारी समितिको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १२ बजेबाट पार्टी कार्यालय बालकुमारीमा बस्नेछ । आजको बैठकमा एमसीसीबारे निर्णायक छलफल हुने ।

कार्यकारी सदस्य मनिष सुमनका अनुसार आज बस्ने बैठकमा एमसीसीबारे छलफल हुनेछ । पार्टीले छलफलपछि आधिकारिक धारणा सार्वजनिक गर्ने सुमनले जानकारी दिए ।

“सबैलाई एमसीसीबारे अध्ययन गर्न फोटोकपी वितरण भएको छ । आजबाट एमसीसीको विषयमा छलफल हुन्छ,” उनले भने । एमसीसीको विषयमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गराउनुपर्ने पक्षमा छन् । अर्का अध्यक्ष उपेन्द्र यादवले भने कुनै प्रतिक्रिया दिएका छैनन् । बैठक हिजोबाट सुरू भएको हो।