नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि बालुवाटार पुगेका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको छलफलपछि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठकमा प्रचण्डले गठबन्धन नजोगाए राजनीतिक रूपमा अप्ठ्यारो हुने ब्रिफिङ गरेका थिए ।
एमसीसी पारितका निम्ति मध्यमार्गी उपाय अपनाएर गठबन्धन जोगाउनुपर्ने निष्कर्षमा प्रचण्ड पुगेका छन्