एकीकृत समाजवादीका नेता एमसीसी केलाउदै

  • प्रकाशित मिति : २०७८ फाल्गुन १३, शुक्रबार
  • chhanbin.com

एमसीसीका विषयलाई लिएर नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूको छलफल भइरहेको छ । सिंहदरबारमा छलफल जारी छ । अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि शीर्ष नेताहरूसँग छलफल गरेका हुन् ।

एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेपछि धनगढीको कार्यक्रम छाडेर अध्यक्ष नेपाल काठमाडौं फर्किएका थिए ।

काठमाडौं फर्किएपछि प्रधानमन्त्री देउवासँग लामो छलफल गरेका उनी शीर्ष नेताहरूको छलफलमा जुटेका हुन् । प्रधानमन्त्रीसँग भएको छलफलका विषयमा शीर्ष नेताहरूलाई उनले ब्रिफिङ गरेका छन् ।