देउवा संग कानेखुसी गर्न हतारिएर किन बालुवाटार पुगे बाबुराम ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन १२, बिहीबार
  • chhanbin.com

प्रधानमन्त्री शेरबहादुर देउवा र जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

बिहीबार साँझ प्रधानमन्त्री देउवालाई भेट्न जसपाका संघीय परिषद् अध्यक्ष भट्टराई बालुवाटार पुगेका हुन् । बालुवाटार स्रोतका अनुसार उनीहरुबीच अमेरिकी सहायता परियोजना एमसीसीबारे छलफल भइरहेको छ ।

भट्टराईलाई भेट्नअघि प्रधानमन्त्री देउवाले संसद भवनमै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।