पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ७४३ नमुना परीक्षण गरिएको थियो । ५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ र दुई हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा १६७ गरी ३१८ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ९ हजार ६७८ संक्रिय संक्रमित छन् । जसमध्ये ९ हजार ४०६ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने २७२ जना संस्थागत आइसोलेसनमा छन् ।
उनीहरुमध्ये ९३ जनाको आईसीयू र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १५ हजार ६५० पुगेको छ । यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९३१ पुगेको छ भने ९ लाख ५४ हजार ९०३ जना संक्रमणमुक्त भएका छन् ।