यस्तो हुनेछ आजको मौसम, कता-कता पर्छ पानी ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन १२, बिहीबार
  • chhanbin.com

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशका विभिन्न भेगमा वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार बिहान देशका विभिन्न भूभागमा आंशिक बदली रहेको छ। दिउँसो प्रदेश १‚ कर्णाली र सूदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशभर मौसम बदली रही सूदूरपश्चिम, लुम्बिनी र बाँकी प्रदेशको पहाडी भूभागको केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभमा हल्का हिमपातको सम्भावना रहेको छ।