च्वाँक तरुनी प्रयोग गरेर अवैध कल गराउदै अनलाइन जुवा खेलाउनेलाई प्रहरीले पार्यो कर्याप्पै

  • प्रकाशित मिति : २०७८ फाल्गुन १०, मंगलवार
  • chhanbin.com

काठमाडौंको मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक चिनियाँ नागरिक, १३ नेपाली युवती र अरू नेपाली पुरुष छन् । उनीहरुलाई गए राति महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

उनीहरूले लेमन ग्रुप अफ कम्पनीका नाममा काम गर्दै आएको खुलेको र थप अनुसन्धान जारी रहेको परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।उनका अनुसार बैंक तथा वित्तीय कारोबार ऐनअन्तर्गत उनीहरूमाथि अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढ्नेछ ।
उनीहरूले अनलाइनबाट लगानी गर्ने, जुवा खेलाउने, अवैध कल गर्नेलगायत काम गर्दै आएको बताइएको छ । उनीहरूको थप परिचय खुलाइएको छैन ।