इजलासको आदेशबाट दर्ता भएको रिटको सुनुवाई हुँदै

  • प्रकाशित मिति : २०७८ फाल्गुन १०, मंगलवार
  • chhanbin.com

स्थानीय तहका प्रतिनिधिले पूरै पाँच वर्ष काम गर्न पाउनु पर्ने माग गर्दै दायर रिटमा सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ ।

महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जिव कुमार साहले पूरै पाँच वर्ष काम गर्न पाउनुपर्ने माग दाबीसहित रिट दायर गरेका हुन् ।

आउँदो वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने सरकारले घोषणा गरेसँगै साहले निवेदन दर्ता गरेका थिए। सर्वोच्च अदालत प्रशासनले सुरुमा दर्ता गर्न अस्वीकार गरेको थियो । पछि इजलासको आदेशबाट रिट दर्ता भएको थियो ।